प्रकाण्डलाई थप तीन दिन थुनामा राख्न आदेश

क्रसर उद्योगमा आगजनी गरेको आरोपमा पक्राउ परेका नेतृ विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ थप दिन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।

आइतबार काभ्रे जिल्ला अदालतले प्रकाण्डलाई थप तीन दिन हिरासतमा राख्न आदेश दिएको हो।

प्रहरीले सात दिनको म्याद माग्दै आइतबार उनलाई जिल्ला अदालत पेस गरे पनि अदालतले तीन दिनको मात्रै समय दिएको हो।

उनीमाथि कांग्रेस नेता कुन्साङ लामाको क्रसर उद्योगमा आगजनी गरेको आरोप प्रहरीले लगाएको छ ।

यसअघि काठमाडौँ प्रहरीले उनलाई जबर्जस्ती चन्दा असुलीको आरोपमा साउन २२ गते पक्राउ गरेको थियो।

शुक्रबार सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि अदालतबाट बाहिरिँदै गर्दा प्रहरीले पुनः पक्राउ गरी क्रसर उद्योगमा आगजनीको मुद्दा लगाएको हो।

Related posts

Leave a Comment