फिलिपिन्समा आएको शक्तिशाली आँधीमा ज्यान गुमाउनेको संख्या २५ पुग्यो

फिलिपिन्समा आएको यो वर्षकै शक्तिशाली टाइफुन म्याङ्कुटका काण हालसम्म २५ जनाको ज्यान गएको छ । २०० किलोमिटर प्रतिघन्टाको वेगमा अघि बढिरहेको शक्तिशाली टाइफुन म्याङ्कुटमा परि अन्य केही हराईरहेको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएको छ ।आँधीका कारण फिलिपिन्सको उत्तरी क्षेत्रमा विजुली आपूर्ति बन्द भएको छ। ५० लाखभन्दा बढी मानिसहरू प्रत्यक्ष प्रभावित भएका छन्
। यस अघि अधिकारीहरूले ३३० किलोमिटर व्यास भएको सो आँधीले कमजोर संरचनाहरूमा निकै ठूलो क्षति पुर्याउने चेतावनी दिएका थिए। आँधीका कारण ६ मिटरसम्म अग्लो छाल बन्न सक्ने र ठूलो वर्षा हुन सक्ने बताएका छन्।हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने कागायान, उत्तरी इसाबेला, अपायाओ र आब्रा प्रान्तहरूमा दोस्रो उच्च तहको सतर्कता घोषणा गरिएको छ।

फिलिपिन्समा आएको टाइफुन म्याङ्कुटमा परि १४ को मृत्यु

Related posts

Leave a Comment