पशुपति क्षेत्रभित्र दुईवटा वातावरण मैत्री ट्याम्पो सञ्चालनमा (भिडियोसहित)

पशुपति क्षेत्रभित्र दुईवटा वातावरण मैत्री ट्याम्पो सञ्चालनमा ल्याइएको छ । वृद्ध तथा अशक्त भक्तजनलाई निःशुल्क सेवा दिने उद्देश्यका साथ पशुपति क्षेत्र भित्र २ वटा वातावरण मैत्री सफा ट्याम्पो सञ्चालनमा ल्याइएको हो ।

लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहयोगमा ट्याम्पोहरु सञ्चालनमा ल्याइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

उनका अनुसार ६ वटा सिट संख्या रहेको सो सफा टयाम्पो वृद्ध तथा अशक्त भक्तजनहरुले निःशुल्क प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

सरकारले केही समय अघि यस क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाएपछि वृद्ध तथा अशक्त भक्तजनहरुलाई पशुपति दर्शनका लागि जान कठिनाई हुँदै आएको थियो । सोही अवस्थालाई ध्यानमा राखेर निःशुल्क २ वटा सफा ट्याम्पो संचालनमा ल्याइएको हो ।

सो ट्याम्पु संचालनमा आएसँग आफूहरुलाइ पशुपतिको दर्शन गर्न निकै सहज भएको भक्तजनहरु बताउँछन् । यता ट्याम्पु चालकहरु पनि भक्तनहरुले सकरात्मक प्रतिकृया दिएको बताउँछन् ।

असक्त तथा वृद्ध वृद्धाको लागि ल्याइउको यो कार्यक्रम सराहनीय छ । तर यस्ता कार्यक्रमहरु दिर्घकालीन रुपमा सञ्चालन गर्न जरुरी देखिन्छ ।

Related posts

Leave a Comment