ज्यान मार्ने उद्योगका फरार तामाङ पक्राउ

ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतको २०६६ चैत २५ गतेको फैसलाले ४ वर्ष ११ महिना ६ दिन कैद ठहर भई फरार रहेकी काठमाडौं बालाजु बस्ने नुवाकोट देउराली-९ घर भएकी ३८ वर्षीया शुसिला तामाङ पक्राउ परेकी हुन् ।

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।

तामाङलाई प्रहरीले फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय जगनान्थदेवल महिला बन्दीगृह पठाइएको छ ।

Related posts

Leave a Comment