प्रधानमन्त्रीको कार्टुन सेयर गर्दा नायव सुब्बा पक्राउ

सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध जथाभावी पोस्ट गर्ने एक जना प्रहरी खोरमा पुगेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी नरेन्द्र उप्रेतीका अनुसार भक्तपुर सूर्यविनायक नगरपालिका ३ का ४१ वर्षीय होमनाथ सिग्देललाई पक्राउ गरिएको हो ।

उनी काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ५ का सचिव हुन्।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न व्यक्तिलाई १ लाखसम्म जरिवान वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

Related posts

Leave a Comment