पहिरो गएपछि मनाङ जाने बाटो अवरुद्ध

लगातारको वर्षापछि आएको बाढीपहिरोले हिमाली जिल्ला मनाङ जाने बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । चामे र कोतो क्षेत्रको बीचमा पर्ने त्रिचुङाल्डामा पहिरोले डेढ सय सय मिटर सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।चामे गाउँपालिका–३ मा पर्ने कोतोमा पहिरोले सडक बगाएपछि ४ दिनदेखि सडक बन्द भएको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्र घलेले  जानकारी दिए । ‘पहिराले सडक बगायो । पुनर्निर्माण गर्न सकिएको छैन,’ उनले भने, ‘पहिरोले त्रिचुङाल्डाका १२ घर पनि उच्च जोखिममा पारेका छन् ।’पहिरोले सडक बगाएपछि यात्रु मर्कामा परेका छन् । सो सडकखण्डका यात्रु मात्र होइनन्, चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटक र विद्यार्थीसमेत समस्यामा पारेका छन् । पहिरोले ४ वटा बिजुलीका पोलमा समेत क्षति पुगेको अध्यक्ष घलले जानकारी दिए । यता, मनाङमा पर्ने तिमाङखोला पानीको सतह बढेपछि सवारीसाधन आवतजावत हुन सकेका छैनन् ।

Related posts

Leave a Comment