पानी बोक्ने ट्याङकरका कारण बालाजुमा १५ जनाको मृत्यु (भिडियोसहित)

विमल खड्का/टिभी अन्न्पूर्ण ।

उपत्यकाको बालाजु गंगाहल आसपासको सडकमा दैनिक ४ देखि ६ वटा सवारी दुर्घटना हुने गरेका छन् । नयाँ बसपार्क त्यसैमा लामो दुरि तथा छोटा दुरीका सवारी साधन गुड्ने व्यस्त सडकमा दैनिक दुर्घटना हुदाँ मानिसले आकालमै ज्यान गुमाउनुपरेको छ ।

चक्रपथ परिक्रमाको मुख्य सडक गंगाहल क्षेत्र आसपासमा रहेको पानीका उधोगबाट पानी बोक्ने ट्याङकरका कारण दैनिक दुर्घटना हुने गरेको प्रहरी बताउँछ ।

महानगरीय ट्राफिक प्रहरी वृत नयाँबसपार्कका प्रहरी नायव निरिक्षक जे जङ्ग कार्कीका अनुसार पहिलेको भन्दा सडक दुर्घटना बढेको र पानीको ट्याङकरहरुका कारण पनि मानिसले ज्यान गुमाउनुपरेको हो । उनी भन्छन् साधुरो सडक र सडकै नजिक रहेको मन्दिर र चालकको लापरवाहीका कारण दुर्घटना बढेको हो ।

सडकको नजिकै बसपार्कमा जस्तै सवारी पार्किङ गरि राखिएका ट्याङकर जति बेला पनि सडक क्रस गर्दा दुर्घटनाको जोखिम बढेको हो । रोकेर राखेको ट्याङकर मुख्य सडकमा प्रवेश गर्दा दुर्घटनामा मानिसले ज्यान गुमाउन परेको छ ।

चक्रपथमा चल्ने सवारीहरु आफ्नो गतिमा गुडिरहेका बेला कुनैसावधानी विना नै ट्याङकर सडकमा प्रवेश गर्दा दुर्घटना बढेको हो । विहान र साँझको समयमा मेन सडकमा निस्कने ट्याङकरलाई बैकल्पीक मार्ग नहुँदा दुर्घटनाको जोखिम बढेको हो ।

०७४ बैशाखदेखि ०७५ असार सम्म ५ सय ४३ ओटा सवारी उक्त स्थानमा दुर्घटना भएको महानगरिय प्रहरी वृत नयाँ बसपार्कको तथाङकमा उल्लेख छ । ती मध्ये १२ जना पुरुष, २ महिला र १ बालिकाले ज्यान गुमाउन परेको महानगरिय प्रहरी वृत नयाँबसपार्कका प्रहरी नायव निरिक्षक जङ्ग कार्कीले बताएका छन् ।

ज्यान गुमाउने १५ भएपनि घाइते भई जिवन मरणको दोसाधमा रहको तथ्याङकमा उलेख्ख छैन् । अहिले ट्रयाफिक प्रहरीले जनचेतनाको कार्यक्रमम गरेपनि सवारी चालकै कारणले दुघर्टना न्युनिकरण गर्न समस्या परेको बताएका छन् ।

कार्कीका अनुसार पहिलेको भन्दा दुर्घटना बढेकाले त्यसमा सडक विभागको पनि जिम्मेवारी हुने बताउँछन् । सडककोे नजिकै दुर्घटनाग्रस्त क्षेत्र भन्दै होडिङबोट राखेपनि त्यसको खासै प्रभावकारी भने देखिएको छैन् । सडक विभाग र ट्रयाफिक प्रहरीलको लापरबाहिकारण दिनानुदिन दुर्घटना बढि रहेका छन् ।

गंगाहलमा दैनिक दुघर्टना बढिहरहेको छ यता यात्रुलाई सडक पार गर्ने जेव्रा क्रसिङ छैन् । पानी उधोग सडककै छेउमै हुदाँ ट्याकरहरुको सडकमा आगमन तथा त्यसको सहि उपाय नखोजुनजेल सडकमा यात्रा गर्ने यात्रुहरुले ज्यान गुमाइरहनुपर्ने बाध्यता छ ।

Related posts

Leave a Comment