नुहाए लगत्तै यसो गर्ने बानी छ भने आजै त्याग्नुहोस्

कपाल धुने वा नुहाउनेबित्तिकै कतिपय मानिसले जानी–नजानी गल्ती गरिरहेका हुन्छन् । यस्तो अवस्थामा गर्ने स–साना गल्तीले पनि कपालमा निकै खराब असर पर्न जान्छ । यसले कपाल झर्नेदेखि, गुजुल्टो पर्नेसम्मको समस्या निम्त्याउँछ ।

नुहाएपछि धेरैले कपाल मालिस गर्छन् । यस्तो बानी हटाइहाल्नुपर्छ । धेरैको बानी हुन्छ, चिसो कपालमा काइँयो लगाउने । यस्तो गल्ती पनि गर्नुहुँदैन । यसले चाँडै कपाल झर्ने समस्याको सिकार बनाउँछ ।

त्यस्तै, हेयर स्टाइलिङ मेसिन पनि प्रयोग गर्नुहुँदैन । धेरै महिलाले नुहाएपछि टावेलले कपाल बाँध्ने गर्छन् । यसले खराब असर पर्न जान्छ । र, नुहाउनेबित्तिकै बाहिर निस्कने बानी पनि गर्नुहुँदैन ।

Related posts

Leave a Comment