एनआईसी एशियाले ल्यायो दुई नयाँ चमत्कारी कर्जा योजना

एनआईसी एसिया बैङ्कले चमत्कारिक विशेषताहरू भएका दुई नयाँ कर्जा योजनाहरू “चमत्कारिक सवारी कर्जा रचमत्कारिक घर जग्गा कर्जा” सार्वजनिक गरेको छ ।“एनआईसी एसियाको साँच्चै चमत्कार अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा र घरजग्गा कर्जा ल्याएको हो ।यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने तथा घर निर्माण तथा जग्गा खरिद गर्न चाहने सम्पूर्ण ग्राहकहरूले चमत्कारिक लाभ उठाउन सक्ने बैङ्कले बताएको छ ।यस सवारी कर्जा योजना अन्तरगत तुरुन्तै कर्जा स्वीकृति हुने अधिकतम १५ वर्षसम्मको कर्जा भुक्तानी अवधि भएको सवारीको मूल्यअनुसार मासिक रु ११,००० बाट नै किस्ता रकम सुरु हुने बताएको छ । ९% व्याज भएको यी योजनाहरूमा घर जग्गा कर्जामा आफ्नो आम्दानी अनुसार आफै मासिक किस्ता निर्धारण गर्न सकिने अधिकतम ५० वर्षसम्मको कर्जा भुक्तानी अवधि भएको समेत बैङ्क द्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।यस कर्जा योजनाहरू ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै सबैको लागी अझ बढी सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैङ्क बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको समेत बैङ्कले जनाएको छ ।

Related posts

Leave a Comment