• २०७६ असोज ४ शनिबार

एभिसी सेन्ट्रल जोन : तुर्कीमिनिस्तानलाई हराउँदै किर्गिस्तान फाइनलमा प्रवेश

काठमाडौँ, 

तुर्कीमिनिस्तानलाई हराउँदै किर्गिस्तान एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको सेमिफाइनलमा किर्गिस्तानले तुर्की्मिनिस्तानलाई तीन शून्यको सोझो सेटमा हरायो ।

लगनखेल स्थित आर्मीको कोर्टमा भएको खेलमा किर्गिस्तानले तुर्की्मिनिस्तानलाई २५–१८, २५–१७ र २५–२२ सोझो सेटमा हरायो । पहिलो सेट देखि नै दबाब सिर्जना गरेको किर्गिस्तानले पहिलो सेट २५–१८ ले जितेको थियो ।

दोस्रो सेटमा पनि तुर्कीमिनिस्तानलाई खेलमा फर्कन नदिँदै किर्गिस्तानले २५–१७ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो तथा अन्तिम सेटमा पनि किर्गिस्तान तुर्कीमिनिस्तानमाथि हाबी हुँदै २५–२२ ले जित्न सफल भयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार