• २०७६ बैशाख १० मंगलबार

विप्लव निकटको उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व 

विप्लव नेतृत्वको नेकपा निकटको राष्ट्रिय उद्योग वाणिज्य महासंघको दोस्रो राष्ट्रिय सम्मेलन सकिएको छ । माघ १५ गते चितवनमा सम्पन्न सम्मेलन नयाँ नेतृत्व र नाम परिवर्तन गरेको शुक्रवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । २०७२ सालमा संयुक्त उद्योग वाणिज्य महासंघको नामबाट गठित संगठनले नयाँ नाम राष्ट्रिय उद्योग वाणिज्य महासंघ राखेको छ भने ३१ सदस्यीय नयाँ समिति चयन गरेको छ । श्रीकृष्ण बस्नेतको नेतृत्वमा गठित समितिमा प्रकाश बस्नेतलाई उपाध्यक्ष चयन गरिएको छ । योगेश बुढाथोकीलाई महासचिव र जनक सिंहलाई सचिवमा चयन गरिएको छ । कोषाध्यक्षमा उमेश पुणि चयन भएका छन् । सम्मेलनले संगठन बिस्तार र सुदृडिकरण गर्न चार वटा कमाण्ड बनाई अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।  


प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार