• २०७६ भदौ ४ बुधबार

सुन्दर कसरी बन्ने ? 

 पछिल्लो समयका मानिस चरित्र भन्दा पनि बाहिरी आवरणको बढी मुल्यांकन गर्छन् । अर्थात सुन्दरताको । हुन पनि मानिसको बाहिरी आवरण अर्थात सुन्दरता, लवाई खवाइले पनि केही हदसम्म मुल्यांकन गर्न सकिन्छ । सुन्दर हुन मानिसले विभिन्न तरिका अपनाउँछन् । श्रृङगार देखि लगाउने लुगासम्ममा मानिसले विशेष ध्यान दिन्छन् ।  सुन्दर देखिनु भनेको अरूलाई सजिलै आफूतिर ध्यानाकर्षित गर्नु पनि हो । यसकारण, सकेसम्म आफू सुन्दर देखिऊँ भन्ने जो–कोहीको चाहना हुन्छ । यद्यपि, सुन्दर देखिन हेयर स्टाइलदेखि मेकअप र ड्रेसअपसम्म मिलेको हुनुपर्छ भन्ने धेरैलाई हेक्का नहुन सक्छ । अब सन्दर कसरी देखिने ? 

१ छालामा निखार 
चम्किलो मुहार सुन्दरताका लागि सबैभन्दा महत्वपूर्ण छ । तसर्थ, अनुहारको स्किन सफा राख्न खानपानमा विशेष ध्यान दिन जरुरी छ । त्यसका लागि ताजा फलफूल र हरियो सागपात सेवन गर्नुपर्छ । त्यस्तै, प्रशस्त मात्रामा पानी पिउने र सकभर चिल्लो–पिरो कम खाने गर्न आवश्यक छ । त्यसैगरी, छाला सुक्खा हुनबाट बचाउन महिनामा एकपटक अनुहार क्लिन्जिङ गर्न अनिवार्य छ । जसले अनुहारमा चमक ल्याउनुका साथै दाग, डन्डिफोरजस्ता समस्याबाट टाढा राख्न मद्दत गर्छ । 
२ सनब्लक मोस्चराइजरको प्रयोग
मेकअप गर्नुअघि अनुहारमा सधैँ सनब्लक वा मोस्चराइजर लगाउनुपर्छ । त्यस्तै, राति सुत्नुअघि पनि सफा पानीले अनुहार धोएर सनब्लक वा मोस्चराइजरको प्रयोग गर्दा छाला सुक्खा हुन पाउँदैन । २५ वर्षको उमेरपछि स्किन सौन्दर्यबारे सचेत हुन आवश्यक छ । मेकअपको नाममा जथाभावी अनावश्यक चिजबिज प्रयोग गर्न हुँदैन । 
३ मेकअप
नियमित मेकअप गर्नेले विशेष ध्यान पु(याउन आवश्यक छ । विशेषगरी, कामकाजी महिलाहरूले हलुका मेकअप गर्नु राम्रो हुन्छ । बाहिर हिँडिरहने महिलाले क्याजुअल लुगाअनुसारको मेकअप गर्दा प्राकृतिक देखिन्छ । यसका लागि लुगाको रङअनुसारको लिपिस्टिक र आइस्याडो प्रयोग गर्न सकिन्छ । यस्ता चिज लगाउँदा वाटरपु्रफ, नटल्किने र प्राकृतिक देखिने खालको हुनु उचित हुन्छ । जहिले पनि ब्रान्डेड मेकअप सामान प्रयोग गर्नुपर्छ । सस्तोका नाममा बजारमा जताजतै पाइने मेकअप प्रोडक्ट प्रयोग गर्दा छालामा समस्या आउने उच्च जोखिम रहन्छ । 
४ हेयर स्टाइल
कपालको स्टाइलले सुन्दरातमा प्रत्यक्ष प्रभाव पारिहेको हुन्छ । अनुहारको बनावटअनुसार कपालको स्टाइल बनाउन सकेमा स्टाइलिस देखिन्छ । जाडोमा कम हेरचाह हुने हुँदा कपाल टुक्रिने र चाया पर्ने हुन्छ । त्यसैले, बाहिर हिँड्दा कपाललाई खुला छाड्दा राम्रो हुन्छ । कपाल बलियो र चम्किलो बनाउन तेलको पनि प्रयोग गर्न आवश्यक छ । 
५ ड्रेसअप 
लगाएको लुगाले मानिसको व्यक्तित्वमा फरक पारिरहेको हुन्छ । गर्मी याममा आफूलाई आरामदायी लाग्ने लुगा लगाउन उचित हुन्छ । तर, फेसनेबल बन्ने नाममा ओभर टाइट लुगा लगाउन हुँदैन । साथै, पसिना सोस्ने खालका लुगा लगाउन उचित हुन्छ ।    

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार