• २०७६ भदौ ४ बुधबार

एक स्याउमा १० करोड ब्याक्टेरिया

लन्डन,
यदि तपाईं अतिरिक्त फाइबरका लागि स्याउ खानुहुन्छ भने तपाईं १० करोड ब्याक्टेरिया पनि निलिरहनु भएको छ । यी ब्याक्टेरिया हानिकारक वा लाभदायक कस्तो हो भन्ने कुरा स्याउको पैदावार कसरी भएको हो त्यसमा निर्भर गर्छ ।

शोधकर्ताहरुका अनुसार स्याउमा अधिकांश ब्याक्टेरिया हुन्छ, तर यो कस्तो स्याउ हो त्यसमा निर्भर हुन्छ वा यो अर्गानिक हो। जैविकरूपमा उब्जाएका स्याउमा परम्परागतरूपमा फलाएका स्याउको तुलना विविध प्रकार र सन्तुलित ब्याक्टेरिया हुने गर्छ जसले उसलाई स्वस्थकर र स्वादिष्ट बनाइरहेको हुन्छ। अष्ट्रियाको ग्रेज युनिभर्सिटी अफ टेक्नोलोजीका प्रोफेसर गेबरियल बर्गले बताए, ब्याक्टेरिया, ढुसी, र भाइरस भोजनको माध्यमबाट हाम्रो आन्द्रासम्म पुग्छन्। भोजन पकाउनेक्रममा धेरैजसो यिनीहरू मारिन्छन् । त्यसैले फल वा काँचो सागसब्जी विशेषरूपमा आन्द्रामा ब्याक्टेरियाका लागि महत्वपुर्ण स्रोत हुन् ।

माइक्रोबायलोजी सम्बन्धी र्जनल फ्रन्टियरमा प्रकाशित अध्ययनमा परम्परागतरूपमा भण्डार गरिएको र बजारबाट खरिद गरिएका स्याउ र ताजा अर्गानिक स्याउ बीच ब्याक्टेरियाको तुलना गरिएको थियो । यसमा परम्परागत र अर्गानिक दुवै प्रकारका स्याउको विश्लेषणमा दुवैमा ब्याक्टेरिया संख्या समान थियो । बेगले भने ९ प्रत्येक स्याउका प्रकारलाई औसतरूपमा एक साथ राख्दा २ सय ४० ग्रामको स्याउमा करिब १० करोड ब्याक्टेरिया हुने गरेको छ। ती मध्ये अधिकांश ब्याक्टेरिया बीउमा पाइयो र अन्य स्याउको बाँकी फ्लेसमा भेटियो । यदि स्याउको बीउ रहेको हिस्सा हटाउने हो भने ब्याक्टेरियाको संख्यामा १ करोड सम्म कमी हुनेछ ।

ताजा र जैविकरूपमा प्रतिबन्धित स्याउमा परम्परागतरूपमा प्रतिबन्धित स्याउको तुलनामा उल्लेखनीयरूपमा धेरै विविधता ,समान र विशिष्ट ब्याक्टेरियाको समूह पाइने गरेको बेगले बताए । स्वास्थ्यमा सम्भावितरूपमा असर पु-याउने ब्याक्टेरियाकारूपमा चिनिने विशिष्ट समूहको पनि मुल्यांकन जैविक स्याउको पक्षमा गरिएको हो । शोधकर्ताका अनुसार रोग उत्पन्न गराउने ब्याक्टेरियाकारूपमा चिनिने समूह (इसचेरिचिया) परम्परागत स्याउको नमुनामा भेटिएको तर जैविक स्याउमा यसको उपस्थिति थिएन ।

-एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार