• २०७६ असोज ३० बिहीबार

कतारको दोहामा  नेपालीमाथि सांघातिक आक्रमण, एकको मृत्यु, ५ घाइते

कतारको दोहामा  नेपालीमाथि सांघातिक आक्रमण भएको छ । मंगलबार राति दोहास्थित जैदा पार्कमा आक्रमण हुदाँ एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।
आक्रमणमा परि सुनसरी घर भएका तबरेज अन्सारीको ज्यान गएको दूतावासले जनाएको छ । अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको दूतावासले जानकारी दिएको छ ।

घाइतेहरुको हमाद अस्पतालमा नै उपचार भइरहेको छ । पाँचजना घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर भएकाले सघन उपचार कक्षमा उपचार भइरहेको छ । घाइतेहरु इब्राहिम अन्सारी र नौसाद अन्सारी भने खतरामुक्त रहेको दूतावासले जानकारी दिएको छ ।

घटनापछि पक्राउ परेका अकवर मियाँ र महसुद अन्सारीलाई दूतावासको सहयोगमा प्रहरीबाट हिरासत मुक्त गराइसकेको समेत दूतावासले जनाएको छ । घाइते सबै सुनसरी जिल्लाका रहेका छन् ।

यस प्रकारका घटनालाई मध्यनजर गर्दै दूतावासले अनावश्यक भिडभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । त्यस्ता ठाउँमा जानै पर्ने भएमा सतर्कता अपनाउनसमेत दूतावासले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार