• २०७६ भदौ ४ बुधबार

मुख्यमन्त्री शाहीलाई लक्षित गरी कालिकोटमा बम विस्फोट

सुर्खेत,

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित गर्दै कालिकोटमा बम विष्फोट गराइएको छ।  मन्त्री शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बुधबार बम विस्फोट गराइएको हो ।

कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटनका लागि गएका मुख्यमन्त्रीलाई लक्षित गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । मुख्यमन्त्री शाहीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले कार्यक्रम स्थल भन्दा केही पर विस्फोटको आवाज सुनिएको जानकारी दिए । विस्फोटबाट मानवीय क्षति भने नभएको जनाइएको छ । 

मुख्यमन्त्री शाही बुधबार वीरेन्द्रनगरबाट गृह जिल्ला कालिकोट गएका थिए। अहिले उनी एक साता लामो जिल्ला भ्रमणका लागि कालिकोट गएका हुन्। पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला कार्यक्रम स्थलनजिकै बम विष्फोट भएको हो।

गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालका अनुसार कार्यक्रम स्थलभन्दा डेढ किलोमिटर माथिको जंगलमा बम विष्फोट भएको हो।

यता, जिल्ला प्रहरी कार्यालय कालिकोटले भने बम विष्फोटबारे जानकारी नआएको बताएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार