• २०७६ भदौ ४ बुधबार

विद्युत प्राधिकरणका २ जना कर्मचारी घुससहित पक्राउ

काठमाडौं,
नेपाल विद्युत प्राधिकरणको नवलपरासी पश्चिम (त्रिवेणी) उप–वितरण केन्द्रका २ जना कर्मचारी घुससहित पक्राउ परेका छन् । केन्द्रको चौथो तह (खरिदारसरह) मा कार्यरत मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत नारायण कुर्मी ४६ हजार ५ सय ५५ रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।

बिजुलीको थ्रीफेथ लाइन जडान गर्ने भनेर सेवाग्राहीसँग लिएको घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई विद्युत प्राधिकरणको त्रिवेणी उप–वितरण केन्द्र कार्यालय परिसरबाटै घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार