• २०७६ मङ्सिर २६ बिहीबार

प्रदेश २ मा बिहीबार सार्वजनिक बिदा

जनकपुर,

रक्षाबन्धनको असरमा प्रदेश २ मा सरकारले सार्वजनिक बिदा दिएको छ। हिन्दूहरुको विशेष पर्व रक्षाबन्धनको अवसरमा प्रदेश सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रक्षाबन्धनको शुभकामना दिँदै सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएका हुन्। उनले विज्ञप्तिमा उल्लासका साथ रक्षाबन्धन मनाउन अनुरोधसमेत गरेका छन्। 

‘रक्षाबन्धनको अवसरमा साउन ३० गते प्रदेश सरकारले सार्वजनिक बिदा गरेको हुँदा यस पर्वलाई हर्षोल्लासका साथ मनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक अनुरोध गर्दछु’, मुख्यमन्त्री राउतले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार