• २०७६ भदौ ४ बुधबार

बहुविवाह गरेको आरोपमा दुई जना पक्राउ

चितवन प्रहरीले बहु विवाह गरेको आरोपमा दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले रत्ननगर नगरपालिका वडा नम्बर ९ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर १ लायन्सचोक बस्ने राजेश गुरुङ र उनकी कान्छी श्रीमती रश्मि सुनारलाई पक्राउ गरेर बुधवार साँझ सार्वजनिक गरेको हो । 

गुरुङले जेठी श्रीमती हुँदा हुँदै दोस्रो विवाह गरेर कान्छी श्रीमती भित्र्याएको भन्दै जेठी श्रीमतीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख ९एसपी० दानबहादुर मल्लले जानकारी दिएका छन् । 

पक्राउ परेका दुवैजनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को दफा १७१ अन्तर्गत बहुविवाह कसुरमा चितवन अदालत बाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी मल्लले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार