• २०७६ कार्तिक २ शनिबार

धनगढीमा नक्कली नोट छाप्ने मेशिन भेटिएपछि बजारमा त्रास, यसरी चिन्नुहोस नक्कली नोट

नेपालमा नक्कली नोटको कारोबार त्यति नहुने भए पनि पछिल्लो समय भने बजारमा नक्कली नोटको बिगबिगी बढ्न थालेको छ । केही समयअघि मात्र पोखरामा नक्कली नोट भेटिएको थियो । त्यसैगरी, झापामा पनि हालै नक्कली नोट देखा परेको छ । नेपालमा नक्कली नोटको समस्या त्यति नआउने भए पनि पछिल्लो समय भने नक्कली नोटको कारोबार बढेको देखिएको हो । यस्तै सुदुरपश्चिममा नक्कली नोटको आतंकले अहिले सबैजसो त्रसित छन  । बजारमा नक्कली नोटको बिगबिगी बढेपछि सुदुरपश्चिमका व्यपारीदेखी आम उपभोक्ता सर्वसाधरणसमेत आतंकित बनेका हुन  । धनगढीमा केही दिन अघि नक्कली हजार दरका नोटसहित नोट छाप्ने मेसिन पक्राउ परे पछि सुदूरपश्चिम प्रदेशमा यो आतंक बढेको हो ।राष्ट्र बैंकले नक्कली नोटको कारोबारमा सतर्कता बढाउन अपिल गरेसंगै उपभोक्ता र व्यवसायीमा झनै चिसो पसेको छ । नक्कली नोट छाप्ने गिरोहले २० लाख बढी नक्कली नोट छापेर बजार पठाइसकेको कारणले पनि बजारमा भनै अविश्वास थपिएको छ ।

नक्कली नोटको पहिचानका लागि अहिले धनगढीसहित सुदूरपश्चिमका बिभिन्न बजारमा सतर्कता अपनाइए पनि प्रहरी सक्रियता थप आवश्यक रहेको व्यववासीहरुको माग छ । ठूला चाडवाड नजिकिदै गर्दा नक्कली नोटको उपस्थिति मुलुकको अन्य शहरमा समेत फैलन सक्ने सम्भावनाप्रति भने थप सचेत बन्ने अवस्था आएको छ ।

नक्कली नोटको आशंका हुनेबित्तिकै राष्ट्र बैंकले त्यसलाई तुरुन्तै जफत गर्छ । जस कारण नक्कली नोटको प्रभाव कम हुन्छ । राष्ट्र बैंकले नक्कली नोटको पहिचान गर्न विभिन्न प्रचार–प्रसार कार्यक्रम तथा तालिमहरू दिँदै आएको छ । बजारमा नक्कली नोट देखा पर्न थालेपछि राष्ट्र बैंक प्रचार–प्रसारमा सक्रिय भएको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने, ‘नक्कली नोट पहिचानका लागि राष्ट्र बैंकले विभिन्न तालिम तथा प्रचार–प्रसार गर्दै आएको छ ।’ ‘एक दुई सातामा नक्कली नोट पहिचानका लागि तालिम दिँदै छौं,’ उनले भने । केही स्थानमा फाटफुट मात्रामा देखिएका नक्कली नोटले त्यति ठूलो असर नगर्ने सहायक प्रवक्ता पण्डितले बताए, 

यसरी चिन्न सकिन्छ नक्कली नोट

नेपाली नोटको दायाँ भागको खाली ठाउँलाई प्रकाशतिर फर्काएर हेर्दा लालीगुराँस फूलको पानी छाप स्पष्टसँग दखिन्छ । नक्कली नोटमा पानी छाप स्पष्टसँग देखिँदैन ।
– नेपाली नोटको बुट्टालाई हातले छोएर हेर्दा यस्ता बुट्टा कागजमाथि हातले महसुस गर्न सकिन्छ । नोट पुरानो हुँदै गएपछि नोटको यस्तो विशेषता कम हुँदै जान्छ ।
– १ सय, ५ सय र १ हजार दरको नोटलाई प्रकाशतिर फर्काएर हेर्दा पानी छाप भएको कोठाको बाहिरपट्टि९बायाँतिर० भएको बुट्टा र त्यसको पछाडिपट्टि भएको बुट्टा मिलेर लचद भन्ने शब्द बन्छ । तर, नक्कली नोटमा त्यसको लाइन फरक देखिन्छ ।
– नेपाली नोटमा प्रयोग गरिएको सुरक्षा धागो फोटोकपी गर्न सम्भव छैन । नक्कली नोटमा फोटोकपी गरिएको सुरक्षा धागो कालो र त्यसमा छापिएको अक्षर छोएकोजस्तो देखिन्छ ।
– नेपाली नोट शतप्रतिश कपासबाट र कागजबाट बनाइएको हुँदा नोटलाई काननिर लगेर हल्लाउँदा आउने आवाज र साधारण कागज हल्लाउँदा आउने आवाज फरक हुन्छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार