• २०७६ भदौ ४ बुधबार

मृगौला रोगको औषधि नेपालले नै उत्पादन गर्ने

मृगौला रोगीका लागि आवश्यक पर्ने हेमोडाइलासिस ल्फ्यूल्ड नामक औषधि नेपाल औषधि लिमिटेडले नै उत्पादन गर्ने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले नेपाल औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयरत्न वज्राचार्यलाई सो औषधि उत्पादन गर्न २ करोड ४० लाख रूपैयाँ बराबको चेक हस्तान्तरण गरेका छन्।

बिहीबार मन्त्रालयमा एक कार्यक्रम गरी सो रकम बरारबरका चेक हस्तान्तरण गरेका हुन्।

मन्त्रालायले हस्तान्तरण गरेको बजेट भवन निर्माण, कच्चा पदार्थ र मेसिनरी सामग्री ल्याउनमा खर्च गर्ने लिमिटेडका निमित्त महाप्रवन्धक बज्राचार्यले बताए।

उनकाअनुसार उत्पादनका लागि सम्पूर्ण काम सकेर अबको १० महिनासम्ममा उत्पादन बजारमा आउने छ। लिमिटेडले यो आर्थिक वर्षमा १० प्रतिशत उत्पादन गर्ने र आगामी वर्ष ५० प्रतिशत उत्पादन गर्ने लक्ष्य लिएको छ।

लिमिटेडका अनुसार अहिले ल्याउने मेसिनको ५० प्रतिशत उत्पादन क्षमता छ। पहिलो चरणमा १५ देखि १७ युनिटको ल्फ्यूल्ड उत्पान हुने छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार