• २०७६ मङ्सिर २५ बुधबार

भष्ट्राचारीले आत्महत्या गर्ने क्रम बढ्यो, कलंकी मालपोतका पूर्व अधिकृत झुण्डिए

अख्तियार प्रमुखलाई सयौं वर्ष बाँच्नु भन्ने नोट भेटियो

उदयपुर घर भएका एक पूर्वकर्मचारीले आइतबार आत्महत्या गरेका छन् । भ्रष्टचार मुद्दा लागि निलम्बनमा परेका उदयपुरका हरि आर्चाले आत्महत्या गरेका हुन् ।  आचार्यले आत्महत्या गुर्नअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेको नाममा सुसाइड नोट लेखेको फेला परेको छ।  

उदयपुरको त्रियुगा नगरपालिका–१० का ५५ वर्षीय हरि आचार्य मालपोत कार्यालय कलकींमा कार्यरत रहँदा भ्रष्टचार मुद्दा लागेपछि निलम्बनमा परेका थिए । मृत्युअघि उनले लेखेको दुई पाना सुसाइड नोट प्रहरीले फेला पारेको हो । 

'सतीले सरापेको देश रहेछ, मैले दुई पैसा खाएको छैन्, तर देशको ठूलो भ्रष्टचारी भएँ’ उनले सुसाइडनोटमा लेखेका छन्–‘प्रमुख निर्वाचन आयुक्त नवीनकुमार घिमिरेको आयु २०० वर्ष होस्, म जस्ता निर्दोषलाई विशेष अदालतमा मुद्दा छ, रमेश भाई काठमाण्डौंले सहयोग गर्नू ।'

उनले सुसाइड नोटमा घरपरिवारलाई पनि सन्देश दिएका छन् उनी उनले लेखेका छन्, ‘आफ्नो नाममा पुराण लाउने काम नगर्नु र नउक्साउनु, मलाई सबैले राम्रो देख्लान तर पारिवारिक वातावरण मिलाउन सकिन, कामबाट चोखिने काम मात्र गर्नु, मैले कामगर्दा भएको गल्ती हो स्वीकार गरी नेपाल सरकार बनाइसकेको थिएँ । 

‘ममीले छोराहरुसँग र सासुसँग मिलेर बस्नु र छोराले पनि ममीलाई राम्रो गर्नु । म विदा भएँ । खातामा पैसा छन्, श्रीमती केही जान्दिन साथीभाइले मनैले सहयोग गर्नु, मलाई बस्नेतको आँपगाछी हुँदै जंगलमा खोज्नु।

उनले थप लेखेका छन् ‘कान्छो छोराको व्याचलर सकुँला भनेको थिएँ सकिन, पापी भएँ । भनी बाणिज्य नेपाल, एनसिसी, एनआईसी बैंकमा के कति पैसा छ, चेक दराजभित्र सानो व्यागमा छ, अन्यमा पैसा भएपनि कमै छ ।

त्यसअघि उनले लेखेका छन्, वीरेन्द्र काकालगायत छिमेकीले भैंसी, खसी तह लगाइदिनू । आमा साहिली बुहारी र भतिजाले सुरक्षा गर्नू । सबै ढोका बन्द गरेर कान्छो छोरा पढाएर गोमा काठमाण्डौँ बस्नु, गोमाले रंगिन लुगा लगाउनू, १३औँ दिनमा सबै फुकाउनू । नेपाल निजामती कर्मचारी संगठन उयपुरका पूर्व कोषाध्यक्षसमेत रहेका आचार्यले ‘संगठनका साथीहरुले मेरो योगदानको कदर गर्दै सहयोग गरिदिनू भनी आग्रह गरेका छन्। 

उनी साउन २५ गते बेलुका ६ बजे सुसाइड नोट लेखी घरबाट बाहिरिएका थिए ।   त्रियुगा नगरपालिका–९ रातमाटेस्थित जंगलमा आइतबार बिहान उनी झुण्डिएको अवस्थामा आचार्य फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी हरिकृष्ण केसीले जानकारी दिए । 

आचार्य शनिबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाको विषयमा काठमाडौं गई फर्किएका थिए । मालपोत कार्यालय कलकीं रहँदा प्रलोभनमा पारी ९२ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा बनाएको उनलाई आरोप छ । अदालतबाट मुद्दा खारेजी भइसकेको अवस्थामा अख्तियारले पुनः विशेष अदालतमा मुद्दा दर्ता गरी दुःख दिएको उनले सुसाइड नोटमा भनेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार