• २०७६ भदौ ४ बुधबार

जन्मदिनमा मागेको उपहार नपाउँदा ५६ लाखको गाडी खोलामा

आफ्नो माग अनुरूप उपहार नपाएको झोकमा एकजना भारतीयले नयाँ बीएमडब्ल्यू गाडीलाई नदीमा बगाइदिएका छन्।

जन्मदिनको उपहार स्वरूप मागेको ज्यागवर गाडी नपाएपछि हरियाणा राज्यका एक जमिनदारका छोराले त्यसो गरेको बताइएको छ। उनले जन्मदिनमा ज्यागुअर माग गरेको बताइएको छ । 

गाडी बगाएको भिडियो अहिले सामाजिक सञ्जालहरुमा भाइरल भएको छ । भिडियोमा एउटा नदीमा गाडी बगिरहेको देखिएको छ। गाडी बग्दै गएर अग्ला झारहरूमा अड्किएको देख्न सकिन्छ। त्यसपछि बगाउने व्यक्तिले गाडीलाई नदीबाट निकाल्न खोजेको देखिन्छ।

प्रहरीले उक्त विषयमा छानबिन गरिराखेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्। भारतमा बीएमडब्ल्यू गाडीको मूल्य करिब ५६ लाख नेपाली रुपैयाँ पर्छ।

उनले माग गरेको ज्यागुअरको मूल्य भने ६५ देखि ८० लाख रुपैयाँसम्म पर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार