• २०७६ भदौ ४ बुधबार

गायिका बुनु श्रेष्ठ र शिलु अधिकारीको तीज गीत ‘ वर्ष दिनको तीज’ सार्वजनिक (भिडियो)

काठमाडौँ, 
हिन्दु महिलाहरूको महान् चाड तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरू आइरहेका छन् । त्यसै अवसरमा गायिका बुनु श्रेष्ठले पनि नयाँ तीज गीत लिएर दर्शक तथा श्रोता माझ आएकी छिन् । गायिका बुनु श्रेष्ठ र गायिका शिलु अधिकारीको स्वर रहेको  ‘वर्ष दिनको तीज’ बोलको तीज गीत सार्वजनिक गरिएको छ ।

रंगपत्रकार शान्ति प्रियको शब्द रहेको ‘ वर्ष दिनको तीज’ बोलको गीतमा सङ्गीत सन्तोष श्रेष्ठ रहेको छ । गीतलाई नारायण दंगालले एरेन्ज गरेका हुन् । गीतमा ‘वर्ष दिनको तीज आउँदा मनै रमाइलो’ भन्दै ‘अर्को साल के हुन्छ के हुन्छ नाचौँ यसै साल’ भन्दै दिदी बहिनी मिलेर रमाइलो गरेका छन् । गीतको भिडियोमा सबना आचार्य र साथीहरूलाई फिचरिंग गरिएको छ ।

गीतको भिडियोलाई सुबोल थापाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।सबिन भट्टराईको छायाङ्कन  रहेको यस भिडियोलाई रोशन दाहालले सम्पादन गरेका हुन् ।यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेकर्डिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले मिक्सिङ ,मास्टरिङ रहेको गीतलाई रेकर्डिस्ट फुर्बा तामाङले गरेका हुन् ।गीतलाई साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार