• २०७६ भदौ ४ बुधबार

बाग्लुङबाट काठमाण्डौं हिडेका युवालाई बेहोस बनाएर गाडीमै लुटपाट

बिहिवार बागलुङ देखि काठमाण्डौ जाने रात्री बसमा यात्रा गरेका एक युवकलाई बेहोस बनाएर लुटपाट गरिएको छ । बिहिवार राती दुइबजेपछि बेहोस भएका बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरका किरण आचार्यको १२ घण्टा सम्म होस नआएको परिवारका सदस्यले बताए । बेहोस अबस्थामै बसका चालक र सहचालकले बिरामीलाई सडकमा झारेर छाडिदिएका थिए । उनलाई बसपार्कको सुरक्षा टोलीले अस्पताल लगेको थियो । मनमोहन अस्पताको सघन उपचार कक्षमा उनको उपचार भैरहेको छ । श्रीमती बिरामी भएकोले भेट्न भन्दै उनी बिहिवार रात्री बसमा काठमाण्डौ हिडेका थिए । प्रभु बैंकको बागलुङ शाखामा कार्यरत ती युवा आइतवार कार्यालय आउने शर्तमा बिदा लिएर हिडेको शाखा प्रबन्धक अर्जुन शर्माले बताए । छोराको अबस्था बारे थाहा पाएपछि बाबु मुक्तिराम आचार्यले धौलागिरी अञ्चल यातायात बस व्यबसायी समितिमा उजुरी गरेका छन् । समितिका पदाधिकारीले तत्कालका लागि बिरामीको उपचारमा सहयोग गर्ने र होसमा आएपछि छलफल गरेर छानविन गर्ने बताएका छन् । बसको ९ नम्बर सिटमा बसेका आचार्यलाई १० नम्बरमा बसेका यात्रीले समेत केही खुवाएको हुन सक्ने भन्दै ती यात्रुको पनि खोजी भैरहेको समितिका कर्मचारी रामप्रसाद अधिकारीले बताए । ‘तत्काल उपचार भैरहेको छ, होसमा आएपछि उहाँले बताउने कुरामा आधारित भएर छानविन हुन्छ’ उनले भने, ‘गाडिका चालक र सहचालकलाईपनि सोधपुछ गरेर प्रकृया अगाडि बढाउने हो ।’ बिहिवार बेलुकी ध १ ज ६१३ नम्बरको एसी बसमा उनी काठमाण्डौ हिडेका थिए । बसपार्कमा पुगेपछि चालक र सहचालकले रक्सी पिएको भन्दै उनलाई जवरजस्ती उचालेर सडकमा फालिदिएका थिए । पटक पटक फोन बजेको देखेपछि बसपार्क सुरक्षाकर्मीले फोन उठाएर परिवारलाई जानकारी दिएको बिरामीका बाबु मुक्तिराम आचार्यले बताए । त्यसपछि बसका चालकलाई परिवारले सम्पर्क गर्दा जड्याहा लाई जवरजस्ती निकालेको भन्न भ्याएपछि उक्त रहस्य खुलेको हो । मनमोहन अस्पतालका चिकित्सकका अनुसार कोलोफम नामक लागू पदार्थ सुँघाएर बेहोस बनाएको देखिएको परिवारका सदस्यलाई बताएका छन् । उक्त बिषाक्त लागू पदार्थको गन्धले बेहोस भएकोले कम्तिमा २४ घण्टा सम्म आइसियुमा राखेर उपचार गर्नुपर्ने सुझाव दिएपछि परिवारले सोही अनुसार उपचार गराएका छन् । यो घटनापछि परिवारका सदस्यले जिल्ला प्रहरी कार्यालय बागलुङ र प्रहरी चौकी गंगबु काठमाण्डौमा उजुरी दिएका छन् । प्रहरीले उक्त घटना बारे छानविन गरी दोषी पत्ता लगाउने आश्वासन पनि दिएको छ । धौलागिरी अञ्चल यातायात व्यवसायी समितिमा पनि परिवारले घटना बारे जानकारी दिएका छन् । समितिका अध्यक्ष उमेश केसीले चालक र सहचालक फर्केपछि सोधपुछ गर्ने आश्वासन दिएका छन् । त्यस्तै बिरामीको उपचार गराएर सञ्चो भएपछि धेरै कुरा खुल्ने भएकोले हतार नगर्न पनि भनेका छन् । रात्री बसमा टिकट काटेपछि थप मानिस नचढेकोले बस भित्रकै यात्रु वा चालक वा सहचालकको मिलेमतोमा घटना भएको हुन सक्ने समेत परिवारले शंका गरेका छन् । उनको आडमा बस्ने यात्री वा बसमा यात्रा गरेका सबैको पहिचान भएमा घटना बारे थप अध्ययन र सोधपुछ गर्न सजिलो हुने भन्दै परिवारका सदस्यले समितिमा सबैको नामाबली पनि मगाएको बताए । ‘हाम्रो समितिको बसहरुमा अहिले सम्म यस्ता घटना भएका थिएनन्, यो नौलो घटना भयो, त्यसैले हामी पनि छानविन गर्छौ’ अधिकारीले भने, ‘यो दुःखद घटना हो । यस बिषय जिल्ला प्रहरी कार्यलय बाग्लुङ का सुचना अधिकृत झबिन्द्र प्रसाद भट्टराई संग जानकारी लिदा उक्त बस आज बाग्लुङ फर्कने र उनिहरु अनुसन्धान को दायरा लिएर कार्बाहि गरिने बताउदै यस्ता किसिमक अपराधि उन्मुक्त हुन नदिने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार