• २०७६ मङ्सिर २५ बुधबार

विश्वकप छनोट : नेपाल र अस्ट्रेलियाबीच क्यानबेरामा खेल हुने

काठमाडौं, 
फिफा विश्वकप छनोट अन्तर्गत अष्ट्रेलियासँगको ‘अवे’ खेल नेपालले अस्ट्रेलियाको क्यानबेरास्थित जीआईओ स्टेडियममा खेल्ने निश्चित भएको छ ।

अस्ट्रेलिया फुटबलले शुक्रबार जनाएअनुसार नेपाल र अस्ट्रेलियाबीचको खेल असोज २३ (अक्टोबर १०) मा अस्ट्रेलियाको समयअनुसार दिउँसो १ बजे सुरु हुनेछ। अष्ट्रेलियाले नेपालसँगको खेलका लागि अगष्ट १३ बाट टिकट बिक्री सुरु हुने जनाएको छ ।

विश्वकप छनोटमा नेपालको यो तेस्रो अवे खेल हुनेछ । त्यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले भदौ १९ कुवेत र भदौ २४ गते चाइनिज ताइपेईसँग अवे खेल खेल्न तयारी गरिरहेको छ । दशरथ रंगशाला समयै निर्माण नहुँदा नेपालले होम म्याचलाई अवेको रुपमा खेल्न लागेको छ । अस्ट्रेलियासँग खेले लगत्तै नेपालले असोज २८ मा अर्को अवे जोर्डनविरुद्ध खेल्नेछ ।

नेपालका लागि अस्ट्रेलिया नयाँ प्रतिद्वन्द्वी हो। पाँच पटक विश्वकप खेलिसकेको अस्ट्रेलिया सन् २०१५ को एसियन च्याम्पियन हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार