• २०७६ मङ्सिर २५ बुधबार

एकपटक हृदयघात भइसकेकाले के गर्ने ? यस्ता छन् १० उपाय...

असन्तुलित खानपान, विलासी जीवनशैली र नियमित परीक्षणको अभावमा हिजोआज धेरै मानिस मुटुरोगको शिकार बनेका छन् । जसले गर्दा कतिपयलाई युवा अवस्थामा नै हृदयघात हुने गरेको पनि भेटिन्छ । एकपटक हृदयघात भैसकेकालाई दोहोर्याएर मुटुरोग बल्झिने वा पुनः हृदयघात हुने सम्भावना हुने चिकित्सकहरु बताउँछन् । एकपटक हृदयघात भैसकेकाले फेरी यसलाई दोहोरिन नदिन के गर्ने ? मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईका १० सुझाव यस्ता छन् :

१. नियमित परीक्षण गराउने 

२. धुम्रपान र मद्यपान नगर्ने

  ३. तनावमुक्त रहने

४. शरीरको तौल सन्तुलनमा राख्ने

५. कोलस्ट्रोललाई बढ्न नदिने

  ६. रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने 

७. चिल्लोजन्य, बोसो र बढि कार्वाेहाइडेड भएको खाने कुरा नखाने

८. नियमित शारीरिक व्ययाम गर्ने (मुटुको अवस्था अनुसार)

९. चिसोबाट जोगिने (बिहान बेलुका चिसोमा घर बाहिर ननिस्कने) 

१०. भिटामिन ए र डीको मात्रा सन्तुलन राख्ने 

-हाम्रो डक्टर न्यूज
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार