• २०७६ मङ्सिर २५ बुधबार

अस्ट्रेलियामा कार दुर्घटना हुँदा दुई नेपाली विद्यार्थीको मृत्यु

भरत कँडेल
सिड्नी, 
अस्ट्रेलियामा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु भएको छ ।

अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक कूमास्थित मोनारो हाइवेमा आइतबार बिहान दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारी छन् । तीव्र गतिमा रहेको कार अन्यिन्त्रित हुँदा सडकबार सँगैको रुखमा ठोक्किएको थियो ।

बिहान करिब ४ बजे भएको दुर्घटनामा गम्भिर घाइते दुईजनालाई हेलिकप्टरमार्फत उपचारका लागि क्याबेरा ल्याइएको थियो। उनीहरुको अवस्था खतरामुक्त रहेको बताइएको छ भने अर्का सामान्य घाइतेको घटनास्थल नजिकको कुमा अस्पतालमा उपचार भइरहेको छ। तिब्र गतीका कारण दुर्घटना भएको नेपाली दूतावास अष्ट्रेलियाका कार्यावाहक राजदूत दुर्पदा सापकोटाले बताएकी छन् । दुर्घटनामा परेका कारमा अधिकांश १९–२२ उमेरका रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार