• २०७६ भदौ ४ बुधबार

गैर आवासीय नेपाली संघको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा - साहित्य सम्मेलन अमेरिकाको बोस्टनमा हुने

डिसी,
गैर आवासीय नेपाली संघको प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलन अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा हुने भएको छ । आगामी सेप्टेम्बर १ र २ ,२०१९ का दिन मेरीओटद्वारा संचालित फेयर फिल्ड इन नामक (होटल) अतिथि गृहमा हुने जानकारी प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले दिएका छन  । 

गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा साहित्य उपसमितिले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीको प्रमुख आतिथ्यतामा अमेरिकाको बोस्टनमा गर्न लागेको जनाएको छ । 

स्मरण रहोस ,गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी अक्टुवर १३ - १६, २०१९ मा ९ औं महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय गरि सकेको छ । 

काठमाडौँ नेपालमा विश्व सम्मेलनको ठिक डेढ महिना अगाडी हुने प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा-साहित्य सम्मेलन निकै महत्वका साथ हेरिएको छ । र उक्त कार्यक्रममा बिश्वबाट गैर आवासीय नेपाली संघ अभियानमा होमिएका विभिन्न सामाजिक अभियन्ताहरु समेतको उपस्थिति हुने वाग्लेले जनाएका छन् । 

उक्त प्रथम नेपाली भाषा साहित्यको अन्तर्राष्ट्रिय सम्मेलनलाई भव्यरुपमा सम्पन्न गर्नका लागी विभिन्न सल्लाहकार, संयोजक, सहसंयोजक र सदस्यहरु रहेको मूल समिति गठन गरिएको छ । 

व्यवस्थापन समितिको संयोजक महेश्वर पन्त, आर्थिक समितिको संयोजक इश्वरी भट्ट र प्रचार प्रसार समितिको संयोजक सर्वज्ञ वाग्लेले अमेरिकाका सबै गैर आवासीय नेपाली समुदायलाई सहभागी हुन् आव्हान गरेका छन्  ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार