• २०७६ मङ्सिर २६ बिहीबार

सिंगापुरसँगको हारपछि पारस र सन्दीपले दिए यस्तो प्रतिक्रिया

काठमाडौं,

आइसीसी विश्वकप टी–२० एसिया छनोट अन्तर्गत आज नेपालले सिंगापुरसँग लज्जास्पद हार व्यहोर्यो । नेपालले टी–२० विश्वकपको एसिया फाइनलमा सिंगापुरसँग ८२ रनले हारेर विश्वकप खेल्ने नेपालको सपना अधुरो रह्यो । सिंगापुरले नेपाललाइ १९२ रनकाे लक्ष्य दिएकाे थियाे ।

नेपाली टीमका कप्तान पारस खड्काले भने ‘सिंगापुरले राम्रो खेल्यो, हामीले राम्रो खेल्न सकेनौं । आज हाम्रो राम्रो दिन थिएन् । सिंगापुरले ब्याटिङ राम्रो गर्यो । उनीहरुले दिएको लक्ष्य हामीले भेट्न सकेनौ ।’ एशोसिएट टिमका लागि एक दिन निराशा र अर्को दिन खुसी आउने भन्दै निरन्तरताको लागि खड्काले शुभकामना दिए ।

त्यस्तै सन्दीप लामिछानले आजको खेल निकै निराशाजनक भएको बताए । उनले भने ‘सिंगापुरको  बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा राम्रो खेल्यो । हामीले भेट्टाउन सकेनौं ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार