• २०७६ असार ३१ मंगलबार

तीन वर्षपछि दिइँदै राष्ट्रिय चलचित्र पुरस्कार, तयारीमा बोर्ड

काठमाडौं, 
चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर असार २७ गते ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ समारोह आयोजना गर्ने भएको छ। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा वितरण गरिने अवार्ड तथा सम्मानका लागि बोर्डले विशेष तयारी थालेको उल्लेख गरेको छ ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह बोर्डले २०७४ र ०७५ मा आयोजना गर्न सकेको थिएन । यसपटक तीन वर्षकै अवार्ड वितरण गरिनुका साथै २५ हजार रुपैयाँ पुरस्कार पनि दिइने बोर्डका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जीवी गुरागाईंले बताएका छन् । यसै वर्षदेखि पुरस्कारसँगै नगद पनि राखिनुमा पुरस्कृत स्रष्टाहरूप्रतिको सम्मानका खातिर भएको बोर्ड अध्यक्ष केशव भट्टराईले बताए । अर्को वर्षबाट यो पुरस्कारको राशी बढाएर प्रति विधा ५१ हजार रुपैयाँ प्रदान गरिने निर्णय पनि चलचित्र विकास बोर्डको बैठकबाट पारित भएको छ। राष्ट्रिय चलचित्र पुरस्कार समारोहलाई चलचित्रमय बनाउन अग्रजदेखि नयाँ पुस्तासम्मका विभिन्न नायक नायिकाले करिब १२ मिनटको नृत्य प्रस्तुत गर्ने भएका छन्। पहिलो चलचित्र आमादेखि अहिलेसम्मका चलचित्रका चर्चित एवम् कालजायी गीतमा कलाकारले पुरस्कार समारोहमा नृत्य प्रस्तुत गर्नेछन्।

यसका लागि यतिबेला नृत्य निर्देशकहरू वसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले अभिनेता सरोज खनाल, रमेश उप्रेती, दिलीप रायमाझी, दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, पुष्प खड्का, छुल्ठिम गुरुङ, अभिनेत्रीहरू गौरी मल्ल, सनी रौनियार, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुंगाना, पवित्रा आचार्य, विमला केसी, लगायत कलाकारलाई नृत्य प्रशिक्षण दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार