• २०७६ असार ३१ मंगलबार

पाकिस्तानी प्रधानमन्त्री अमेरिका भ्रमणमा जाँदै

एजेन्सी, 
पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा जान लागेका छन् । उनले सो भ्रमणका क्रममा महँगो होटलमा नबस्ने जनाएको छ ।

जुन २१ तारिखदेखि सुरु हुने भ्रमणका क्रममा उनले वासिंटनस्थित दुतावासमै बस्ने इच्छा देखाएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जानकारी दिए । राजदुत असद मजिदको निवासमा बसेमा प्रधानमन्त्रीको राजकीय भ्रमणको खर्चमा भारती कटौती हुने जनाएको छ । अमेरिकाको सुरक्षा तथा शहरी संयन्त्रका लागि भने, इमरानको यो चाहना आकर्षक हुन नसक्ने जनाएको छ ।

इमरान दुतावसमा बस्यो भने, सुरक्षा चुनौती र शहरको ट्राफिक व्यवस्था खलबलिने सम्भावना रहन्छ । वासिंटनले हरेक वर्ष विभिन्न देशका सरकार प्रमुखहरुको सैयौँ भ्रमण व्यवस्थापन गर्दै आएका कारण सर्वसाधारणले कुनै सास्ती खेप्न नपरोस् भन्नेतर्फ अपनाइन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार