• २०७६ असार ३१ मंगलबार

महिला विश्वकपको उपाधि अमेरिकाले जित्यो

नेदरल्याण्डलाई पराजित गर्दै संयूक्त राज्य अमेरिकाले महिला विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा खेलमा उसले नेदरल्यान्ड्लाई २-० ले पराजित गर्दै उपाधि हात पारेको हो ।

सन् २०१५ को विश्वकपको उपाधि पनि अमेरिकाले नै जितेको थियो। पहिलो हाफ गोलरहित बराबरी खेलेको अमेरिकाले दुवै गोल दोस्रो हाफमा गरेको हो । दोस्रो हाफको ६१ औं मिनेटमा मेगन रापिनोले पेनाल्टीमार्फत गोल गर्दै अमेरिकालाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ६९ औं मिनेटमा रोस लाभेल अमेरिकाको अग्रता दोब्बर पारिन् ।

गत विश्वकपको उपाधि जितेको अमेरिकाले पहिलोपटक सन् १९९१ मा विश्वकप जितेको थियो भने दोश्रोपटक सन् १९९९ मा जितेको थियो। अमेरिकाले महिला विश्वकपको उपाधि जितेको यो चौथो पटक हो । यसअघि अमेरिकाले सन् १९९१, १९९९ र २०१५ मा उपाधि जितेको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार