• २०७६ भदौ ४ बुधबार

गरिबी निवारण कोषमामा करोडौं घोटाला

   गरिबी निवारण कोषमा परामर्शदाता छनोट गर्नेदेखि विभिन्न परियोजना र कार्यक्रम छनोटको नाममा करोडौं रुपैयाँ घोटाला भएको पाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गरिबी निवारण कोषका पदाधिकारी तथा कर्मचारीहरूको मिलेमतोमा कोषका लागि खरिद गरिएका विभिन्न जिन्सी सामानमा ४ करोड रुपैयाँभन्दा बढी अनियमितता भएको पाइएको छ।

पदाधिकारी तथा कर्मचारीका लागि खरिद गरिएका महँगा गाडी, कम्प्युटर, विभिन्न कार्यालयका सामग्री, कुर्सी, टेबल, पर्दासमेत गायब पारिएको छ। यसैगरी, करोडौं रुपैयाँ खर्चेर खरिद गरेका ल्यापटप, महँगा क्यालकुलेटर, माइक्रोटेल फोन सेट, सिलिङ प्यान, वाल फेन, स्पिकर, नेटवर्क स्विचलगायतका सामान गायब पारिएको छ।

गरिबी निवारण कोषको प्रशासनिक निकायले पनि ती सामान कहाँ छन् भन्नेबारे केही जानकारी दिन सकेको छैन। 

कोष प्रशासनका अनुसार आर्थिक वर्ष २०६०र६१ देखि हालसम्म कोषका लागि करोडौं रुपैयाँ खर्चेर २ हजार ४३१ वटा जिन्सी सामान खरिद गरिएको थियो। तर, ती सामानमध्ये १ हजार १५ प्रकृतिका सामानको लामो समयदेखि अत्तोपत्तो छैन।

कोष प्रशासनका अनुसार विभिन्न समयमा पदाधिकारी तथा कार्यालयका कर्मचारीले लिएर गएका लाखौं मूल्यका सामान फिर्ता नगरी बेपत्ता पारेका हुन्। राजधानी दैनिकमा खबर छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार