• २०७६ असार ३१ मंगलबार

बागलुङका घर्तीको हृदयघातका कारण जापानमा मृत्यु

रविन शर्मा
टिभी अन्नपूर्ण, जापान । 

बागलुङ जिल्लाका एक नेपाली युवाको जापानमा हृदयघातका कारण मृत्यु भएको छ । गल्कोट घर भएका ४० वर्षीय भविलाल घर्तीको हृदयघातका कारण शनिवार मृत्यु भएको हो ।

कुक भिसामा तीन वर्षअघि जापान आएका घर्तीको जापानको साईतामा केनमा मृत्यु भएको हो ।  गल्कोट समाजका अध्यक्ष दिलु खत्रीका अनुसार घर्ती नेपाल आर्मीको अवकाश प्राप्त पछि जापान आएका थिए । उनका अनुसार शनिवार राती काम सकेर घर फर्कदै गर्दा रेलभित्रै हृदयघात भएर घर्ती बेहोस भएका थिए ।

लगत्तै एम्बुलेन्समा राखेर अस्पताल पुर्याईएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको बताइएको छ । घर्तीको यहि जुलाई १२ तारिख शुक्रवारको दिन जापानमानै अन्त्येष्टि गरिने बताइएको छ । उनी जापानमा श्रीमतीसँगै बस्दै आएको र नेपालमा आमा, १६ र १३ वर्षिय २ छोराहरु रहेको गल्कोट समाजका उपाध्यक्ष भोजेन्द्र सुवेदीले बताए । 

अस्पतालले घर्तीको हृदयघातका कारण मृत्यु भएको पुष्टि गरेको अउपाध्यक्ष सुवेदीले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार