• २०७६ असोज ३० बिहीबार

छुट्टाछुट्टै घटनामा अमेरिकामा दुई नेपालीको मृत्यु

वोस्टन, 
वोस्टनस्थित मेडफोर्ड भन्ने स्थानमा पौडी खेल्ने क्रममा सोमवार साँझ एक जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । करिब दुई वर्ष अघि मात्र अमेरिकाको वोस्टन आएका १८ वर्षीय अपूर्व देवकोटाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

उनी अन्य दुईजना साथीका साथ अपर मिस्टिक लेकमा पौडी खेल्न गएका थिए । पानीमा हामफालेका देवकोटा पानीबाट नउत्रेपछि प्रहरीलाई खबर गरिएको थियो । तत्काल आएको प्रहरी र उद्धार टोलीले लगातारको प्रयासपछि करिब दुई घन्टापछि करिब २० फिट गहिरो तलबाट उनको शव बाहिर निकालेको थियो । कक्षा १२ पास गरेर उच्च शिक्षाका लागि नजिकैको युनिभर्सिटी अफ म्यासाच्युसेटमा भर्ना भएका देवकोटा आफ्नी आमा र दुई दिदीका साथ मेडफोर्डमा बस्दै आएका थिए । नेपालमा उनको स्थायी घर धनगढी भएको बताइएको छ ।   साथीहरूका अनुसार, उनलाई पौडी खेल्न पनि आउँदैनथ्यो । मेडफोर्ड प्रहरीले उनको मृत्युको अनुसन्धान भइरहेको जनाएको छ । 

यसैगरी टेक्ससको डेन्टनस्थित एक नेपाली समुदायमा दुई वर्षीय बालकको मृत्यु भएको छ । सर्वेस गुरुंग नाम गरेका बालकको कारमा मृत्यु भएको हो । डेन्टन प्रहरीका अनुसार, वुधवार बिहान घरबाट हराएका बालक सर्वेसलाई खोज्ने क्रममा १५ घन्टापछि छिमेकीको कारमा शव फेला परेको थियो । सर्वेसकी आमाले उनलाई सुताएर घरेलु काम गर्न लागेको र केही समयपछि गएर हेर्दा सुताएको स्थानमा बच्चालाई नभेटेपछि उनले प्रहरीलाई खबर गरेकी थिइन् । यो घटनाका बारेमा प्रहरीले अनुसन्धान कार्य तीव्र बनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार