• २०७६ असोज ५ आइतबार

सडक खन्ने क्रममा पहिरो खस्दा २ जनाको मृत्यु

 मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-८ टोड्केमा पहरा खनेर सडक निर्माण गर्ने क्रममा सुख्खा पहिरो खस्दा पुरिएर दुईजनाको मृत्यु भएको छ ।

एक्साभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो खस्दा दुईजनाको मृत्यु भएको हो । चितवन शक्तिखोरका २३ वर्षीय सुदीप श्रेष्ठ र धादिङका १७ वर्षीय रोशन बुढाथोकीको पहिरोमा पुरिएर मृत्यु भएको मकवानपुर प्रहरीले पुष्टि गरेको छ ।

मृतक दुबैजना स्काभेटर (डोजर) का सहयोगी हुन् । डोजरका चालक भने भागेर जोगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

पहिरोले पुरिएकाहरुको शव स्थानीय र प्रहरीले निकालेको छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार