• २०७६ असोज ५ आइतबार

कैलालीको अत्तरियामा प्रभु बैंकको नयाँ शाखा

 कैलाली, प्रभु बैंक लिमिटेडले गोदावरी नगरपालिका वडा नं. १ स्थित अत्तरियामा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख हरि सिंह साउदले उद्घाटन गरेका छन् ।

 उद्घाटन कार्यक्रममा कैलाली जिल्लास्थित विभिन्न सरकारी कार्यालयका  प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ कैलालीका पदाधिकारीहरु, विभिन्न संघरसंस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजीवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेका थियो ।

 कार्यक्रमका प्रमुख अतिथी साउदले बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवाविस्तार गरेकोमा खुशी प्रकट गर्दै यस अत्तरिया शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको बताए  ।

बिहीबारदेखि सञ्चालनमा आएको अत्तरिया शाखाबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको सेवाउपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार