• २०७६ असार ५ बिहीबार

ओम अस्पतालमा अपरेशन गर्दा आन्द्रा छेडिएपछि बिरामीको मृत्यु

काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा पित्तथैलीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको छ । पित्तथैलीमा समस्या भएकाले उपचारका लागि  गत शुक्रबार अस्पतालमा भर्ना भएकी इन्द्रावती गाउँपाालिका-१०, सिन्धुपाल्चोककी ५० वर्षीया रामप्यारी थापाको  मृत्यु महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

रामप्यारीको गत शुक्रबार पित्तथैलीमा भएको पत्थरीको अपरेशन भएको थियो । अस्पतालले बिहीबार मृतक घोषणा गरेको छ । ड्रिल गरेर अपरेशन गर्दा सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर बिरामीको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

मृतकका आफन्तले अस्पतालमा नाराबाजी गरेपछि ओम अस्पताल केही समय तनावपूर्ण बनेको थियो । उनीहरुले यसबारे उचित छानबिन हुनुपर्ने, डाक्टरले माफी माग्नुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार