• २०७६ असोज ३० बिहीबार

धर्ना बसेका सप्तरीका सञ्चारकर्मीहरु पक्राउ  

अनिल पोखरेल
टिभी अन्नपूर्ण, सप्तरी ।
हुलाक कार्यालय जनकपुरमा आज धर्ना बसेका सप्तरीका एक दर्जनबढी सञ्चारकर्मीलाई प्रहरीले बल प्रयोग गरि पक्राउ गरेको छ । पत्र–पत्रिकालाई प्रदान गरिँदै आएको लोक कल्याणकारी विज्ञापन वापतको पैसा कटौती गरिएकोप्रति विरोध जनाउँदै धर्ना बसेका सप्तरीका संचारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरी सबै संचारकर्मीलाई जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाइएको छ । स्थानीय पत्र–पत्रिकालाई बन्द गराउने नियतले १० महिनापछि विज्ञापन वापतको रकम प्रदान गरिएपनि अधिकांश पत्रिकाको ४०–७० प्रतिशत रकम कटौती गरिएको पक्राउ परेका सप्तरीका पत्रकार श्यामसुन्दर यादवले बताएका छन् । रकम कटौती गरिएको विषयमा सरकार मातहतका जिम्मेवार निकायहरुलाई जानकारी गराएपनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना बस्नुपर्ने अवस्था आएको र धर्ना बस्दा प्रहरीले पक्राउ गरेको उनीहरुले बताएका छन् ।

रकम कटौती गरिएको विषयमा सरकार मातहतका जिम्मेवार निकायहरुलाई जानकारी गराएपनि सुनुवाई नभएपछि वाध्य भएर धर्ना बस्नुपर्ने अवस्था आएको धर्नामा सहभागी नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादवले जानकारी दिएका छन । ‘संघ र प्रदेश दुवै सरकार मातहतका जिम्मेवार निकायहरु जानकारी नगराएको होईन’ उनले भने, ‘तर एकातिर आश्वासन र आलटाल छ भने अर्को तिर मौनता छाएको छ ।’ उनले प्रदेश र संघ सरकारका साथै लोकतान्त्रिक परिपाटीको धरोहर मान्ने नेतृत्व वर्ग, मधेशका ठुला नेताहरु लगायत आफूहरुको विषयमा गम्भीर हुन आग्रह गरे । आफूहरुको मागको सुनुवाई नभए मुख्यमन्त्री र प्रधानमन्त्री कार्यालयमा धर्ना दिने उनले चेतावनी दिएका छन् ।

यता प्रहरीले शान्ति पुर्ण आन्दोलनमा धर्नामा बसेका संचारकर्मीहरुमाथि भएको हस्तक्षेपका मधेसी पत्रकार समाज प्रदेश नम्बर २ का अध्यक्ष वीरेन्द्र रमणले भत्र्सना गरेका छन । पक्राउ परेका संचारकर्मीहरुको अविलम्ब रिहाईको मांग गरिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार