• २०७६ भदौ ४ बुधबार

चोरी भएको मोटरसाइकल बरामद गरी धनीलाई बुझाईयो

आलोक यादव
टिभी अन्नपूर्ण, सिरहा। 
सिरहाबाट चोरी भएको मोटरसाइकल सशस्त्र प्रहरी बल लहानका प्रहरी नायव उपरीक्षक (डिएसपि) प्रेमबहादुर रावलले बरामद गरी धनीलाई हस्तान्तरण गरेका छन् । जेठ २५ गते सिरहाको लहान नगरपालिका वडा नं. १ बाट हराएको स६प ५५१५ नम्बरको १८० सिसीको अपाचे मोटरसाइकल जेष्ठ २८ गते बरामद गरी सवारी धनी सोही ठाउँ बस्ने उमेश यादवलाई हस्तान्तरण गरिएको सशस्त्र प्रहरी बल लहानका डिएसपि प्रेमबहादुर रावलले बताए ।

मोटरसाइकल चोरी भएको भन्दै पिडितले सशस्त्र प्रहरी बल लहानका डिएसपी प्रेम बहादुर रावललाई जानकारी गराएका थिए । ईलाका प्रहरी कार्यालय लहानमा दिएको निवेदन सर्कुलर हुँदा विशेष सूचनाको आधारमा लहान ना.पा. वडा नम्बर ७ स्थित मो. कैजुम मियाको घरमा राखेको क्रममा मोटरसाइकल बरामद गरिएको डिएसपी रावलले जनाए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार