• २०७६ भदौ ४ बुधबार

पोखरामा गोली चल्यो, एक घाइते

कास्की,

पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।

लागू औषध लिएर हिँहेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमण प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले चलाएको गोलीबाट गोविन्द थापा घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ । थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा थापालाई पछ्याउँदै गएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार