• २०७६ भदौ ४ बुधबार

आज पनि हावाहुरी र मेघ गर्जनसहित पानी पर्ने सम्भावना

आज (बुधबार) बिहान देशभरको मौसम सफा रहेको छ । दिउँसोबाट भने मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशका पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली रहने र पश्चिमकै केही भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै आज राति पनि पूर्वी र पश्चिमी भागमा मेघ गर्जनसहितको पानी पर्ने सम्भावना रहेको छ । भोलि भने देशभर आंशिक रुपमा बदली हुने जनाएको छ। जसका कारण देशभर हल्का वर्षा हुनेछ।

महाशाखाका अनुसार, अगामी तीन दिनसम्म मौसम बदली हुनेछ। जसले गर्दा मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार