• २०७६ असोज ५ आइतबार

प्रधानमन्त्रीका लागी बालुवाटारभित्रै ४० करोडमा नयाँ भवन

 बालुवाटारमा प्रधानमन्त्रीका लागि पुरानो भवन भत्काएर नयाँ निवास बन्ने भएको छ । 
 बालुवाटारको अहिलेको संरचना भत्काएर २ वर्षभित्र नयाँ भवन बनाउने तयारी गरिएको छ  ।यसरी निर्माण गर्न लागिएको एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । यी नयाँ संरचना बन्न ४० करोड खर्च हुनेछ । निजी निवास एक रोपनी क्षेत्रफलमा बन्नेछ भने सार्वजनिक भवन २ रोपनी क्षेत्रफलमा हुनेछ ।
सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माणका लागि आज बोलपत्र आह्वान गर्ने तयारी छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार