• २०७६ भदौ ४ बुधबार

नेप्सेमा शून्य अंकको सुधार, कारोबार रकम ४८ करोड मात्र

मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) शुन्य दशमलव १७ अंकले बढेर १ हजार २ सय ७५ दशमलव ९९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

यसदिन १ सय ७४ कम्पनीको १५ लाख ९ हजार ८८५ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड ८ लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । बजारमा कारोबारमा आएका १२ वटा समूहगत उपसूचकमध्ये ६ समूह उकालो लागेका छन् भने बाँकि ६ समूह नै ओरालो लागेका छन् ।

सेयर बजार घटेको दिन बजारमा शिवम सिमेन्टको सेयरको कारोबार सबैभन्दा धेरै भयो । कम्पनीको सेयर ३ करोड ७८ लाख २४ हजार ५ सय २७ रुपैयाँमा किनबेच भएका छन् ।

यस दिन सर्वाधिक कमाउनेमा पाँचथर पावर कम्पनीको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ५२ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ६१ प्रतिशतले घटेको छ । 
  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार