• २०७६ असार ५ बिहीबार

पाकिस्तानका पूर्वराष्ट्रपति जरदारी पक्राउ

इस्लामाबाद,

 पाकिस्तानका पूर्व राष्ट्रपति तथा पाकिस्तान पिपल्स पार्टीका सहयाक प्रमुख आसिफ अली जरदारी गिरफ्तारीमा परेका छन् ।

सरकारको भ्रष्टाचार सम्बन्धि मुद्दा हेर्ने निकाय अन्तरगत टोलीले उनलाई सोमबार पक्राउ गरेको हो । सम्पत्ति सुद्धिकरणको मुद्दामा अलीसहित उनकी बहिनी फरायल तालपुरको पुनरावेदन सोमबार सर्वोच्च अदालतले खारेज गरिदिएको हो ।

आमिर फारुक तथा मोहसिन अख्तर कियानीको इजलासले अलीको मुद्दा खारेज गर्दै गिरफ्तारीको आदेश दिएको हो । जरदारी र उनकी बहिनी सम्पत्ति सुद्धिकरण मुद्दामा मुख्य अभियुक्त थिए ।

उनीहरुमाथि अवैध बैंक एकाउन्ट तथा देशबाहिर पैसा पठाउने गरेको आरोप लाग्दैआएको थियो । इस्लामावादस्थित जरदारीलाई पक्राउ गर्न सोमबार ठूलो संख्यामा सुरक्षाकर्मी पुगेको बिबिसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार