• २०७६ असार ५ बिहीबार

मलेसियामा कलाकारसहित ३२ नेपाली पक्राउ

सांगीतिक कार्यक्रमका लागि भनी आएका कलाकारसहित ३२ नेपालीलाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको छ । 

‘एसएसओजी धमाका वान’ नामक कार्यक्रममा डाकिएका गायिकाद्वय श्रेया राई, सुनीता थेगिम र गायक सुजन आङदम्बेसहित स्थानीय नेपाली कलाकार र आयोजक बिहीबार पक्राउ परेका हुन् ।

उनीहरुमाथि अध्यागमन कानुन उल्लंघन गरेको आरोप लागेको छ । कार्यक्रमस्थल क्वालालम्पुरको कोताराय कम्प्लेक्सबाट पक्राउ गरिएका २० पुरुष र १२ महिलालाई पुत्राजयस्थित अध्यागमनको हिरासतमा राखिएको जानकारी आएको नेपाली दूतावासले जनाएको छ । 

 ईदको अवसरमा आयोजना गरिएको उक्त सांगीतक कार्यक्रम शुरु हुनु अगावैदेखि सादा पोशाकमा आएका प्रहरीले सहभागीहरुमाथि धरपकडगरेका थिए । दुतावासले पक्राउ परेका नेपालीहरुको अवस्था बुझी रिहाइ अथवा सुरक्षित फिर्तीको पहल गर्ने तयारी भइरहेको छ । कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार