• २०७६ असार ५ बिहीबार

ठमेलमा नेहा कक्करले प्रस्तुती दिइरहँदा तनाव, ३ जना पक्राउ

बलिउड गायिका नेहा कक्करको प्रस्तुति चल्दै गर्दा राजधानीको ठमेलमा शनिबार राति तनाव उत्पन्न भएको छ । ठमेलको लाइट क्लब एलओडी (लर्ड अफ डिस्को) मा आयोजित कायक्रममा आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबको क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रममा तनाव भएको हो ।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सन्तोष सिंह राठौरका अनुसार तीन जनालाई नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा कार्यक्रमका आयोजक दीपक घिमिरे तथा लर्ड क्लबका सञ्चालक भुपेन गिरि र अर्का एक जना संचालक रहेका छन् । उनीहरुलाई सोह्रखुट्टे बृत्तमा थुनामा राखिएको जनाइएको छ । कक्करको कार्यक्रम हेर्न पुगेका सयौं दर्शक क्लब बाहिरै बस्नु परेपछि उनीहरुले प्रहरी गुहारेका थिए ।

२५ सय दर्शक क्षमताको  लर्ड अफ ड्रिङ्क्समा आयोजकले क्षमता भन्दा धेरै टिकट वितरण गरेको प्रहरी भनाई छ । 

 ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्करले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेकी थिइन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्करलाई काठमाडौंमा प्रस्तुत गरेको हो।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार