• २०७६ असार ५ बिहीबार

‘घर’को डरलाग्दो ट्रेलर रिलिज (भिडियोसहित)

अर्पण थापाको निर्देशन रहेको फिल्म ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक गरिएको ट्रेलर डरलाग्दो छ ।

एक घरभित्र हुने भुतप्रेतको कथा ट्रेलरमा प्रथामिकताका साथ राखिएको छ । ‘घर’को ट्रेलर हरर जनराको छ । डीएस डीजिटलको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । अभिनेत्री सुरक्षा पन्तले फिल्ममा अभिनेता तथा निर्देशक अर्पणको श्रीमतिको भूमिका निर्वाह गरेकी छन् । अर्की अभिनेत्री बेनिशा हमाल भूतको भूमिकामा रहेको ट्रेलरबाट अनुमान लगाउन गाहे पर्दैन । ट्रेलरमा उनको र अर्पणको बेडसिन पनि समावेश गरिएको छ । 

 एउटा घरमा बसेका श्रीमान् श्रीमतीले त्यो घरमा भोगेको आत्मासँगको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा निरज कँडेलको छायांकन छ । यो चलचित्र साउनको ३ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा सन्तोष अधिकारीको सह–लगानी छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार