• २०७६ असार ५ बिहीबार

एनआरएनए अस्ट्रेलियाको एनएसडब्लु कोर्डिनेटरमा भट्टको उम्मेदवारी 

भरत कँडेल ,टिभी अन्नपूर्ण, अष्ट्रेलिया । 

एनआरएनए अस्ट्रेलियाको आसन्न निर्वाचनमा एनएसडब्लु कोर्डिनेटरमा  प्रतिस्पर्धा गर्न सिड्नी निवासी मोहन देव भट्टले उम्मेदवारी घोषणा गरेका छन् । भट्टले प्रवासमा बस्ने नेपालीहरूको साझा संस्था एनआरएनएलाई राजनीतिक गुटबन्दीरहित एकतावद्ध गर्ने उदेश्यले आफ्नो उम्मेदवारी घोषणा गरेको बताएका छन  । उनी पेसाले इन्जिनियर  तथा रजिष्टर्ड नर्स हुन् ।  सन् २००७देखि अष्ट्रेलियमा बस्दै आएका भट्ट लामो समय देखी त्यहाँ क्रियाशील विभिन्न सामाजिक सङ्घसंस्थामा महत्त्वपूर्ण भूमिका निर्वाह गदै आएका छन् ।   अस्ट्रेलियाको सडकमा खाली  बोतल सिसी टिपेर नेपालको दुर्गम क्षेत्रको बालबालिकाको शिक्षामा खर्चिँदै आएका उनले एनआरएनएलाई अस्ट्रेलियाभर रहेका सबै नेपालीको हितमा काम गर्ने संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।  आफू निर्वाचित भएपछि नेपाली समाजमा व्याप्त घरेलु हिंसा अन्त्य गर्ने तथा नेपाली विद्यार्थीका अहिले विद्यमान समस्या हल गराउने घोषणा गरेका छन् ।  न्यु साउथ वेल्स मल्ट्रि कल्चर सोसाइटीमा सक्रिय भट्टले एनआरएनलाई अस्ट्रेलियाको सरकारी निकायसँग जोडेर नेपाली समुदायको हित हुने कार्यमा एनआरएनएलाई सक्रिय बनाउन आफूलाई मतदान गर्न  आग्रह गरेका छन् ।  अस्ट्रेलियाको भूमिमा रहेर नेपालको दुर्गम क्षेत्रका बालबालिकाको शिक्षाका लागी तथा नेपालीले आर्जन गरेको शिक्षा, सिप, दक्षता, अनुसन्धान र अनुभवलाई नेपालसँग जोड्ने कार्यमा समेत सक्रिय भट्टको उम्मेदवारीले अस्ट्रेलियामा बस्ने धेरै नेपालीलाई हौसाएको छ ।  एनआरएनए सक्रिय रहेका देशहरूमध्ये सबैभन्दा धेरै ११ हजार ८१८ जना सदस्य रहेको अस्ट्रेलियाको चुनाव जुलाई  ८ तारिखमा हुदैंछ । नेपाली काँग्रेस सर्मथकहरुका तर्फबाट केशव कँडेल र नन्द गुरुङले अध्यक्षमा उम्मेदवारी दिएका छन । कँडेलयसअघि भिक्टोरियाबाट दोस्रको कार्यकालका लागी उपाध्यक्ष थिए भने गुरुङ निर्वतमान एनएसडब्लुतर्फका उपाध्यक्ष हुन । नेकपा समर्थकको तर्फबाट दिनेश पोखरेल अध्यक्षको उम्मेदवार बनेका छन्  ।  विश्वमा नै सबैभन्दा ठुलो एनआरएनए सदस्य सङख्या भएको अस्ट्रेलियाको निर्वाचन निक्कै प्रतिष्पर्धात्मक हुने अनुमान भएपनि अध्यक्षका उम्मेदवार पोखरेल अष्ट्रेलियमा रहेको नेपालीबिच तुलनात्मक रुपमा बढि लोकप्रिय र बौद्धिक व्यक्तिका रुपमा चिनिन्छन ।  । पछिल्लो समय नेपाली विद्यार्थीहरूको पहिलो रोजाई को देश भएकाले पनि देश, विदेश र नेपालबाट सबैले यो निर्वाचनलाई धेरैले नजिकबाट नियाली रहेकाछन ।

(तीनजना अध्यक्षका प्रत्यासी हुनुपर्नेमा यसअघि भएको त्रुटि सच्चाईएको छ  )
-सम्पादक  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार