• २०७६ बैशाख १० मंगलबार

हलिउडमा प्रियंका चोपडा 

बलिउड अभिनेत्री प्रियंका चोपडाले अब हलिउड फिल्म बनाउने भएकी छन् । बलिउडमा निकै चर्चा कमाइसकेकी चोपडा हाल  हलिउडमा एक नयाँ प्रोजेक्टमा काम गरिरहेकी छन् ।  अब उनी रजनीश ओशोकी सहयोगी माता आनन्द शीलामा आधारित भएर एक फिल्म बनाउँदैछिन् । 


 आनन्द शीलाको भूमिका भने प्रियंका स्वयंले निर्वाहा गर्नेछिन् । यो फिल्मको निर्देशन बैरी लेविनसनले गर्नेछन् । प्रियंकाले एलन डिजेनेरसको फेमस च्याट शो  एलन शो मा यस विषयमा बताइन् । अहिले उनी १४ फेव्रअरीमा रिलिज हुन लागेको नयाँ फिल्म इसन्ट इट रोमेन्टिक को प्रचारमा व्यस्त छिन् । 
 
माता आनन्द शीला, गुरू रजनीश ओशोको सहयोगी थिइन् । उनले ओरेगन, यूएस स्थित रजनीशपुरम आश्रम १९८१ देखि १९८५ सम्म सम्हालेकी थिइन् । १९८५ मा उनलाई हत्याको प्रयासको आरोपमा जेल सजाय सुनाइएको थियो । उनले ३९ महिना जेल जीवन विताइन् । ओशोको आश्रमको कहानीमा एक नेटफ्लिक्स डक्यूमेन्ट्री वाइल्ड वाइल्ड वर्ल्ड पनि बनाइएको छ । 
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार